मौरीपालनको परिचय
प्रकृतिमामा पाइने पुष्परस तथा कुट बटुल्न विचरण गर्दै परागसेचनमा समेत सघाउ पुयाउने मौरीलाई उपयुक्त वातावरण जुटाई आधुनिक तरिकाले पाल्ने र मौरीका विभिन्न उपादेयताहरूको उपयोग गरी लाभ लिने भरपर्दो कामधन्दालाई मौरीपालन भनिन्छ । नेपालमा उपलब्ध प्रकृतिक चरनको स्रोतसाधन, सीप तथा माग समेत को विष्लेषण गर्दा यहाँ मौरीपालन ब्यवसायको प्रचुर सम्भावना रहेको देखिन्छ ।
मौरीपालनको वर्तमान अवस्थाः
वि.स. २०३२।३३ साल देखि व्यावसायिक कीट विज्ञान आयोजनाअन्र्तगत मौरीपालन कार्यक्रमहरू सञ्चालन हुँदै आएको, २०४३।४४ सालमा मौरीपालन केन्द्र स्थापना भैइ २०४४ श्रावणमा मौरीपालन तालिम तथा प्रसार सेवा आयोजना लागु भएको र २०५१।५२ सालमा मौरीपालन विकास शाखाको स्थापना भैइ हालसम्म मौरीपालन सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मौरीचरन, मौरीका वंश सुधार, मौरी प्रजाति संरक्षण, परागसेचन क्षमता अध्ययन तथा पुस्तक, पुस्तिका प्रकाशन आदि सम्बन्धित कार्यक्रमहरू गर्दै आएको छ, भने नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले पनि मौरीपालन तथा परागसेचन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
मौरीपालनको फाइदा तथा सम्भावनाः
- प्रत्यक्ष फाइदाहरू (मह, मैन, कुट, शाहीखुराक, मौरी विष, चोप, मौरीगोला)
- अप्रत्यक्ष फाइदाहरू (परागसेचन, स्वरोजगार, जैविक विविधता संरक्षण, प्राकृतिक सन्तुलन, बालीको उत्पादकत्वमा वृद्धि)
नेपालमा मौरीपालनका चुनौतीहरूः नेपालमा मौरीपालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निम्नबमोजिमका चुनौतीहरू विद्यमान छन् ।
- अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला र उपकरणको कमी, गुणस्तर प्रमाणीकरण प्रणालीको अभाव ।
- अधिकांश कृषकहरूमा परागसेचनको महत्व र फाईदा बारे जानाकारी नहुनु ।
- बालीनालीमा जैविक विषादीको प्रयोग कम र कडा तथा हानीकारक रसायनिक विषादीको प्रयोग बढि हुनु ।
सामाजिक एवं लाभदायक कीरा भएकोले मौरी हाम्रो मित्र हो । मह सङ्कलन गर्ने हिसाबले मौरीलाई ५ जातमा विभाजन गर्न सकिन्छ ।
कठ्यौरी मौरी (एपिस फ्लोरिया): कठ्यौरी मौरी आकारमा मह मौरीहरूमध्ये सबैभन्दा सानो हुन्छ । यो मौरी समुद्र सतहदेखि करिब १२०० मिटर उचाइसम्मका क्षेत्रमा पाइन्छ । यो मौरीले आफ्नो चाका खुला ठाउँ तर घाम कम लाग्ने साना रूखका हाँगा र बुट्यानमा बनाउँछ । यो मौरी चाकाको हत्केलाजत्रो सानो र एउटा मात्र हुन्छ । यिनीहरू स्थान र स्रोत उपयुक्त नभएमा पटकपटक स्थानान्तरण गरिरहन्छन् । यसले वार्षिक प्रतिगोला लगभग १ के.जी. मह उत्पादन दिन्छ र यसको मह औषधीको लागि अति उपयोगी मानिन्छ ।
खागो मौरी (एपिस डोरसाटा): यो मौरी समुद्र सतहदेखि करिव १००० मीटर उचाइसम्मका क्षेत्रमा पाइन्छ । यसले खुला ठाउँ मन पराउँछ । यो मौरी ठूला घरका छतमुनि, अग्लो रूखको हाँगामा एउटै ठूलो चाका वनाई बस्छ । यिनीहरू गर्मी मौसममा भित्री मधेसका खोँचतिर र जाडो मौसममा तराईतिर स्थानान्तरण हुने गर्छन् । यस जातका मौरी बढी रिसाहा हुन्छन् । एउटा गोलाबाट बार्षिक ३० देखि ५० किलोग्रामसम्म मह उत्पादन हुने गर्छ । यो मौरी अन्नवाली तथा फलफूलमा परागसेचनको लागि अति उपयुक्त मानिन्छ ।
भीर मौरी (एपिस लेवोरिओसा): यो मौरी समुद्र सतहदेखि करिव १२०० देखि ३००० मिटर उचाइसम्मका क्षेत्रमा पाइन्छ । झट्ट हेर्दा खागो मौरीजस्तो देखिने तर अलि गाढा रङको र रिसाहा हुन्छ । यो जातको मौरीले खुल्ला तथा ताजा हावा मन पराउने हुँदा ठूला-ठूला भीरपहराहरूमा एउटा गोलाले एउटा ठूलो चाका लगाएर बस्छ । यसले बनाएका चाका खागो मौरीको भन्दा ठूलो हुने हँुदा मह उत्पादन पनि धेरै हुन्छ । वार्षिक सरदर ६० के.जी. प्रतिगोला उत्पादन हुन्छ । यसले पनि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने गर्दछ । यो मौरी जङ्गली वनस्पतिको लागि राम्रो परागसेचक हो ।
स्थानीय मौरी/सेराना मौरी (एपिस सेराना): यो मौरीलाई परम्परादेखि नै घरपालुवाको रूपमा पालिदँै आइएको छ । यो मौरी समुद्र सतहदेखि ३४०० मिटर उचाइसम्मको क्षेत्रमा पालेको पाइन्छ । तराई र भित्री मधेसमा पाइने मौरी पहाडी भागको मौरीभन्दा सानो आकारको हन्छ । प्राकतिक रूपमा रूखको टोड्को, भिरपहराको अँध्यारो ओडारमा र घरको खोपामा पनि चाका बनाएर बस्दछ । यसलाई मुढा, खोपा र आधुनिक घारमा पाल्न सकिन्छ । यसले गोला बनाउँदा आफ्नो सङ्ख्याअनुसार एकभन्दा बढी समानान्तर चाका बनाउँछ । यसलाई व्यावसायिक रूपमा पाल्न सकिन्छ । राम्रो व्यवस्थापन गरेमा वार्षिक प्रतिगोला सरदर १५-२० के.जी. मह उत्पादन लिन सकिन्छ । एक स्वस्थ गोलामा मौरीको सङख्या २५-३० हजारसम्म हुन्छ । यो मौरीले आफ्नो गोलादेखि करिब १००० मिटरसम्मको दुरीभित्रको रस, कुट र पानी ओसार्न सक्छ । साधारणतया सेराना जातका मौरीमा बढी हुल निर्यास, गृहत्याग, लुटलडाइँजस्ता जातीय अवगुणहरू हुने भएकोले यी कुरामा बढी ध्यान दिई छनोट प्रक्रियाबाट उत्कृष्ट गोला (माथिका अवगुणहरू नभएको) छानी पाल्ने गरेमा बढी फाइदा हुन्छ । यिनीहरू फलफूल, खाद्यान्न, तेलहन र अन्य वाली एवं बोटबिरुवाहरूका लागि राम्रा परागसेचक हुन् ।
युरोपियन मौरी/मेलिफेरा मौरी (एपिस मेलिफेरा): यो जातको मौरीको उत्पत्ति अफ्रिकी मुलुकमा भएता पनि युरोप हुँदै संसारभर फैलिएकोले यसलाई युरोपेली मौरी भनिन्छ । नेपालमा पनि यो जातको मौरी व्यावसायिक रूपमा पालन भैरहेको छ । थ सेराना मौरीले जस्तै यसले पनि एकभन्दा बढी समानान्तर चाका निर्माण गर्दछ । यस मौरीलाई रोग तथा परजीवी (सुलसुले, आदि) हरूले धेरै आक्रमण गर्दछन् । त्यसैले मेलिफेरा मौरी पाल्न उपयुक्त प्रविधि (ज्ञान र सीप) को आवश्यकता पर्दछ । यिनीहरूमा हुल निर्यास, गृहत्याग जस्ता अवगुणहरू सेराना मौरीमा भन्दा कम हुन्छन् । थ यो मौरीबाट वार्षिक सरदर ४० किलोग्राम प्रति गोला मह उत्पादन लिन सकिन्छ । थ महको उत्पादकत्व बढाउनको लागि यस मौरीलाई स्थानान्तरण गर्नु पर्दछ । थ यसले पुष्परस, कुट, पानीका साथै चोप (प्रोपोलिस) सङ्कलन गर्ने गर्दछ । एक स्वस्थ र बलियो मोरीगालोमा मौरीको सङ्ख्या ६०-७० हजारसम्म हुन्छ । यस मौरीले आफ्नो गोलाबाट ५ किलोमिटर टाढासम्म गई पुष्परस, कुट, पानी र चोप सङ्कलन गर्ने गर्छ ।मेलिफेराका पनि गुणका आधारमा विभिन्न उपजातिहरू वर्गीकरण गरिएका हुन्छन् । जस्तै: क) ए. मेलिफेरा लिंगुस्टिका, ख) ए. मेलिफेरा मेलिफेरा, ग) ए. मेलिफेरा कर्निका, आदि । यिनीहरूले पनि सेराना मौरीले जस्तै फलफूल, खाद्यान्न, तेलहन र अन्य बाली एवं बोटविरुवाहरूमा परागसेचनको कार्य अति राम्रो गर्छन् ।
मौरीको जीवनचक्र चार अवस्थामा पूरा हुन्छ । फुल, लार्भा, प्युपा र वयस्क गरी मौरीको जीवनचक्र पूणर् हुन्छ । मौरीहरूको जीवनचक्र चार अवस्थामा विभाजित भए तापनि फुल अवस्था वाहेकका अवस्थामा यिनीहरूको उमेर, अवधि फरकफरक हुन्छ ।
विभिन्न वर्गका मौरीहरूको जीवन चक्र तालिका
वर्ग | फुल अवस्था | लार्भा अवस्था | प्यूपा अवस्था | वयस्क बनेर निस्कने पुरा अवधि | जम्मा आयु |
रानु | ३ दिन | ५ दिन | ७-८ दिन | १५-१६ दिन | २-५ वर्ष |
कर्मी | ३ दिन | ६ दिन | ११-१२ दिन | २०-२१ दिन | ६ हप्तादेखि ६ महिना |
भाले | ३ दिन | ७ दिन | १४ दिन | २४ दिन | लगभग २ महिना |
नोट: कर्मी मौरीको आयू यसको उडानमा निर्भर रहन्छ । उडान वढी भएमा आयू घट्दै जान्छ र कम भए आयू बढ्छ ।
मौरीको वर्गविभाजनः
मौरीले आफ्नो आवश्यकता पूरा गर्न र सन्तान वृद्धि गर्न एक अर्कामा समूहमा मिलेर बस्छन, यी मौरीहरूको समूहलाई मौरीगोला भनिन्छ । एउटा मौरीगोलामा ३ वर्गका मौरी हन्छन् ।
क) रानु मौरी
ख) कर्मी मौरी
ग) भाले मौरी
रानु मौरीको पहिचानः प्रत्येक मौरीगोलामा एउटा रानु मौरी हुन्छ । कर्मी र भाले मौरीभन्दा अलि ठूलो, सलक्क परेको, लाम्चो देखिने रानु मौरी हो । शरीरको रङ कालो र चिल्लो हुन्छ । टाउको अरूको भन्दा सानो र डोलो हुन्छ । पेटको अन्त भागमा सानो खिल हुन्छ जुन अन्य रानुसँग लड्नको लागि मात्र प्रयोग हुन्छ ।
भाले मौरीको पहिचानः यो मौरी कर्मी मौरीभन्दा अलि ठूलो, कालो र झुसिलो हुन्छ । भाले मौरी अल्छी हुन्छ, खाना पनि कर्मी मौरीले खुवाउनुपर्छ ।
कर्मी मौरीको पहिचानः रानु र भाले मौरीभन्दा कर्मी मौरी अलि साना आकारका र पेटमा कैलो र पहेंलो रङका पाटाहरू एकपछि अर्को गरी रहेका हुन्छन् । गोलामा सबैभन्दा धेरै सङ्ख्यामा कर्मी मौरीहरू हुन्छन् ।
परिचय
मौरीपालन कार्यलाई सजिलोसँग सञ्चालन गर्न, मौरीगोला निरीक्षण, मह उत्पादन, मौरीगोला व्यवस्थापन जस्ता कार्यहरू छिटो छरितो ढङ्गबाट गर्नको लागि मौरीपालन गर्दा प्रयोग हुने सामग्रीहरू र प्रयोग विधिका बारेमा तल उल्लेख गरीएको छ ।
आधुनिक मौरीघारः मौरीपालनमा प्रयोग गरीने आधुनिक मौरीघारमा २ कक्ष हन्छनः जसलाई महकक्ष र छाउराकक्ष भनिन्छ । नेपालमा सेराना मौरीको लागि न्युटन घार र मेलिफेरा मौरीको लागि ल्याङ्स्ट्रथ घार प्रयोगमा ल्याइएको छ । यी प्रत्येक कक्षमा १० वटा चौकोस हुन्छन । आधुनिक मौरीघारहरूमा चलायमान र मौरी अन्तर निश्चित भएका चौकोस राखिएका हुन्छन् । नेपालमा न्युटन ‘ए' र ‘बी' प्रकारका घारहरू सेराना मौरी पाल्न प्रयोग गरिन्छ ।
आधुनिक मौरीघारमा आसनबोर्ड, प्रवेशद्वार, छाउरा कक्ष, छाउरा चौकोसहरू, भित्री ढक्कन, महकक्ष, महचौकोस, जस्तापाताको छानासहितको बाहिरी ढक्कन र जालीदार हावा छिद्र रहेको हुन्छ ।
न्युक्लियस घार
मौरीगोला विभाजन गर्नको लागि वा ४-५ वटा चौकोश मात्र मौरी राख्नको लागि प्रयोग गरीने सानो घारलाई न्युक्लियस घार भनिन्छ । मौरीपालनमा उपयोग हुने अन्यसामाग्रीहरु यी हुन् ।
धुँवादानी, घुम्टी, पन्जा, घार औजार (हाइभ टुल), मह मदानी, स्यागी/चक्कु, ब्रुस (नरम र कडा ब्रुस), रानु छेक्ने पाता, रानुढोका, रानुपिंजडा, काठ वा बासको मुङ्ग्रो/दाविलो, आधारचाका, आहारदानी, फ्रेम फिडर, हुल निर्यास, पक्रने थैली, परिवहन पिजडा, सहवास घार (मेटिङ हाइभ), स्ट्यान्ड र कचौरा, मैन पगाल्ने मेसिन, रानुकोष रक्षक, आधारचाका साँचो
गोला निरीक्षण दुई प्रकारले गरिन्छ जसमा बाहिरी निरीक्षण र भित्री निरीक्षण पर्दछन् ।
१) बाहिरी निरीक्षणः मौरीगोलामा मौरीको अवस्था बुझ्नको लागि घारवाहिरवाटै गरीने निरीक्षणलाई बाहिरी निरीक्षण भनिन्छ ।
नोट: प्रवेशद्वारमा मौरीहरूको आवत-जावत गर्ने संख्या धेरै छ र मौरीहरुले खुट्टामा कुटहरु बोकेर ल्याएको देखिन्छ भने गोला बलियो छ भनेर बुझ्नुपर्दछ।
२) भित्री निरीक्षण: मौरीगोलाको अवस्था पहिचान तथा व्यवस्थापन गर्नको लागि घार खोलेर गरीने निरीक्षणलाई भित्री निरीक्षण भनिन्छ । मौरीगोला निरीक्षण गर्दा पूर्व उद्देश्यसहित आवश्यक सामग्री जुटाई निरीक्षण गर्नुपर्ने हुन्छ।
निरीक्षणको लागि उपयुक्त मौसम र समय
मौसम सफा र स्वच्छ भएको वेला मात्र गोला निरीक्षण गर्ने । कडा घाम, चिसो, बादल लागेको, हावाहुरी चलेको, पानी परेको बेलामा गोला निरीक्षण गर्नुहुँदैन।
क्षेत्र | मौसम | उपयुक्त समय | निरिक्षण समय |
पहाडी
| जाडो | ११:०० देखि २:०० बजे सम्म | ३ देखि ४ हप्तामा १ पटक |
गर्मी | १०:०० देखि ३:०० बजे सम्म | १० देखि १५ दिनमा १ पटक | |
तराई तथा भित्रि मधेश | जाडो | १०:०० देखि २:०० बजे सम्म | ३ हप्तामा १ पटक |
गर्मी | ७:०० देखि १०:०० बजे सम्म (बिहान) ४:०० देखि ६:०० बजे सम्म (अपरान्ह)
| १० दिनमा १ पटक |
घारबाट रानु र हजारौं सङ्ख्यामा कर्मी मौरीहरूका हुल छुटेर जाँदा एक नयाँ मौरीगोला बन्दछ जसलाई हुल निर्यास भनिन्छ ।
हुल निर्यासका लक्षणहरू
- भाले कोषहरूको निर्माण र भाले मौरीको सङ्ख्यामा वृद्धि हुनु ।
- चाकाको पिँधमा रानु कोषहरू देखिनु ।
- घारको प्रवेशद्वारमा मौरीहरू गाँड लगाएर बस्नु ।
- घारवाहिर मौरीहरू निस्किएर ठूलो आवाजमा भुनभुनाई उड्नु ।
- साबिकको मौरीघारबाट मौरीहरू निस्किएपछि धेरै माथि नउडी घारको नजिकै कुनै रूखको हाँगा वा अन्य कुनै ठाउँमा पोको परेर बस्नु ।
हुल निर्यासको कारण
- मौरीको वंशाणुगत गुण ।
- रानुलाई फुल पार्ने स्थानको अभाव ।
- खाना भण्डारण गर्ने स्थानको अभाव ।
- तापक्रममा वृद्धि हुँदै जानु ।
- समयमा नै रानु नफेर्नु ।
हुल निर्यासको लागि उपयुक्त मौसम र समय
खासगरी बसन्त ऋतु र शरद् ऋतु हुल निर्यासका लागि उपयुक्त समय हो तर उच्च पहाडी जिल्लाहरूमा जेठ, आषाढ, श्रावण महिना मौरीका लागि उपयुक्त मौसम भएकाले हुल निर्यास पनि सोही समयमा गर्दछन् । हुल निर्यास खासगरी बिहान ९-१० बजेदेखि दिउँसो करिव ३ बजेसम्म घमाइलो समयमा हुन्छ भने गर्मी स्थानमा बिहान ७-८ बजेदेखि नै हुल निर्यास गर्न सक्दछन् । पानी परेको र हुरी बतास आएको बेला हुल नियास गर्दैनन् ।
हुल नियसिको नियन्त्रण र व्यवस्थापन
- हुल निर्यास भएमा एक स्वस्थ गोला पनि कमजोर भई मह उत्पादनमा कमी आउन सक्छ । यसका लागि निम्न उपायहरू अपनाउनुपर्दछ ।
- नियमित गोला निरीक्षण गर्ने ।
- छाउराकक्ष र महकक्षमा स्थान अभाव हुन नदिने ।
- चौकोसको पूरा आकारमा आधारचाका जडान गरी राखिदिने ।
- अनावश्यक रानु कोषहरू हटाइदिने । घारमा अनावश्यक भाले कोष भएका चाका हटाउने ।
- प्रत्येक वर्ष गुणस्तरीय रानु बदल्ने ।
- गोला विभाजन गर्ने ।
हुल समात्ने तरिका
- हुल निर्यास भई उडेका मौरीहरूमाथि पानी वा धूलो छर्केर नजिकै बसाउन प्रयास गर्ने ।
- हुल निर्यास भएका मौरीहरूलाई कुनै ठाउँमा केही समय पोको परेर बस्न दिने ।
- मौरी शान्त भई गाँड लागिसकेपछि हुल समात्ने झोला वा आधुनिक घार वा डालोको प्रयोग गरी हुल समात्ने । तत्पश्चात् समातेर ल्याएका मौरीसहित भएको झोला वा डालोलाई आपूmले चाहेको ठाउँमा लगी झुन्ड्याएर राख्ने ।
- समातेर ल्याएका मौरीलाई नयाँ घारमा राख्ने ।
- नयाँ घारमा हुल निर्यास भएको घारबाट पुष्परस, कुट, छाउरा भएका चाकाहरू थपिदिने । खानाको अभाव भएमा कृत्रिम खाना दिने ।
- तीन दिनसम्म रानु ढोका लगाउने ।
मौरीमा गृहत्याग
विभिन्न बाधा अड्चनहरूका कारण मौरीहरूले आफू बस्दै आएको घारलाई परित्याग गरेर अन्य ठाउँमा जाने प्रक्रियालाई गृहत्याग भनिन्छ । विशेष गरी सुक्खा मौसम, गर्मी र वर्षा याममा उपयुक्त वातावरणको अभावको कारण मौरीहरू गृहत्याग गर्न अग्रसर हुन्छन् ।
गृहत्यागका लक्षणहरु
- योजनाबद्ध गृहत्यागको तयारीमा लागेका मौरीहरूले रानुलाई करिब १५ दिन अगाडिदेखि नै फुल नपार्ने वातावरण सृजना गर्दै जानु ।
- गोलामा फुल, लार्भा, प्युपा कम देखिनु ।
- प्रवेशद्वारमा मौरीको आवतजावत कम हुँदै जानु ।
- मौरी रिसाहा हुनु ।
- मौरीले दैनिक घार भित्रबाहिर गर्ने क्रियाकलापमा कमी हुँदै जानु ।
- गृहत्याग हुने समयमा धेरै सङ्ख्यामा मौरीहरू घारवरिपरि ठूलो आवाजमा घुमिरहेका हुन्छन् ।
- गृहत्याग गर्दा ठूलो आवाज निकाल्दै द्रुत गतिले आकासिएर भाग्छन् ।
- गृहत्याग गरीसकेको घारलाई निरीक्षण गर्दा चाकाहरू रित्तै हुन्छन् तर आकस्मिक गृहत्याग गरेकोमा केही बच्चाहरू र थोरै मह भेटिन्छ ।
गृहत्याग हुनुका कारणहरू
- मह प्रवाहको अन्तमा सबै मह काढ्दाले प्रतिकूल मौसममा खानाको अभाव हुनाले ।
- अत्यधिक रोग तथा शत्रुको आक्रमण भएमा ।
- रोगी गोलालाई औषधिको मात्रा दिँदा धेरै भएमा ।
- मौसम अनुसार गोलालाई उपयुक्त व्यवस्थापन नगरेमा ।
- प्रतिकूल मौसममा मौरीलाई परम्परागत घारवाट आधुनिक घारमा सार्दा ।
- प्राविधिक ज्ञानबिना परम्परागत घारबाट आधुनिक घारमा मौरी सार्दा ।
- मापदण्डअनुसारको आधुनिक घार र प्रविधिको प्रयोग नगर्दा ।
- निरीक्षण कार्य गर्दा अव्यवस्थित तरिकाले मौरीलाई बाधा पुग्न गएमा ।
- एपिस सेरानामा घारहरू धेरै नजिक भई लुटलडाई भएमा ।
- ठाउँ उपयुक्त, सुरक्षित नभएमा र प्रवेशद्वार अगाडि मौरीहरू ओहोरदोहोर गर्दा बाधाअड्चन भएमा ।
- मौरीको वंशाणुगत गुण ।
गृहत्यागको नियन्त्रण र व्यवस्थापन
- मह प्रवाहको अन्तमा सवै महचाकाबाट मह नकाढ्ने ।
- छाउरा चाकाहरूमा खानाको अभाव देखिएमा ३ दिनसम्म लगातार चिनीचास्नी खुवाउने ।
- समयमै रोगहरू पत्ता लगाई औषधि उपचार वा नियन्त्रण गर्ने ।
- प्राकृतिक शत्रुहरूबाट मौरीगोलाको रक्षा गर्ने ।
- पटक पटक गोला निरीक्षण गरी मौरीलाई बाधा नपुर्याउने ।
- मौसम अनुसार मौरीलाई चिसो, गर्मी र चिस्यानबाट वचाउने व्यवस्थापन कार्य गर्ने ।
- कमजोर गोलालाई छाउरा चाकाले आधार दिने र लुटलडाई हुनबाट जोगाउने ।
- मौरीहरूलाई बाधा हुने जस्तै ः धँुवा, यातायातका साधन, मानिस र पशुहरू बढी ओहोरदोहोर, बढी तातो र चिसोले असर पार्ने ठाउँहरूमा घार नराख्ने ।
- प्रत्येक वर्ष गोलामा रानु फेर्ने ।
- घार निरीक्षण गर्दा गहत्यागको लक्षण देखिएमा अन्य गोलावाट छाउरा चाका झिकी आधार दिने र रानुढोका लगाई प्रवेशद्वार सानो पारिदिने।
- गृहत्याग भई उडेमा पानी वा धुलो फ्याँकी मौरीलाई नजिकै वसाउन प्रयास गर्ने ।
- सो मौरीलाई समाती नयाँ घारमा भिन्न ठाउँमा राखि दिएमा वस्न पनि सक्दछन ।
- परम्परागत घारबाट आधुनिक घारमा मौरी सार्दा दक्ष प्राविधिकद्वारा उपयुक्त प्रविधि प्रयोग गरी अनुकूल मौसममा सार्ने ।
- मौरीखर्कमा एउटा गोलाले गृहत्यागको लक्षण देखाएमा तुरुन्तै अर्को रित्तो घारमा राखी साविकभन्दा वेग्ले ठाउँमा राख्नुपर्दछ नत्र अन्य मौरीगोलाहरू पनि गृहत्याग गर्न अग्रसर हुन सक्छन् ।
मौरी गोला विभाजन
एक गोला मौरीबाट दुई वा दुईभन्दा बढी मौरीगोला उत्पादन गर्ने विधिलाई गोला विभाजन भनिन्छ । गोलाविभाजन गर्दा ध्यान दिनुपर्ने कुराहरू:
समय/मौसम
मौसम र स्थान अनुसार वर्षको दुई पटक गोला विभाजन गर्न सकिन्छ । तराई र मध्य पहाडमा एक पटक माघको अन्तिम हप्ता देखि चैत्र अन्तिमसम्म र अर्को पटक आश्विनको अन्तिम हप्ता देखि मंसिरको दोस्रो हप्तासम्म । नेपालको उच्च पहाडमा बैशाख देखि भाद्र महिनामा गर्न सकिन्छ ।
गोलाको अवस्था
- विभाजन गरीने गोला मजबुत र स्वस्थ हुनु पर्दछ ।
- गोलामा भाले मौरीको उपस्थिति हुनु पर्दछ ।
- चाकामा रानु कोषहरू भएको हुनु पर्दछ ।
- पानी परेको वा ठन्डी/चिसो भएको समयमा गोला विभाजन गर्नु हँदैन ।
- घमाइलो वा न्यानो दिनको दिउँसो गोला विभाजन गर्नु पर्दछ ।
गोला छनोट
- गुणस्तरीय गोला उत्पादन गर्नको लागि निम्न अनुसार गुण भएको गोला छनोट गरी विभाजन गर्नु पर्दछ ।
- रानुको फुल पार्ने क्षमता राम्रो भएको हुनु पर्ने ।
- धेरै मह तथा पराग सङ्कलन गर्ने क्षमता भएको गोला हुनु पर्ने ।
- रोग तथा शत्रुसँग लड्ने प्रतिरोधात्मक क्षमता भएको हुनु पर्ने ।
- हुल निर्यास र गृहत्यागको प्रवृत्ति कम भएको गोला हुनु पर्ने ।
- अनुपयुक्त मौसममा पनि आफ्नो गोलालाई सङ्ख््या कायम गरी मजबूत बनाइराख्न सक्ने क्षमता भएको ।
पूर्वतयारी
गोला विभाजन गर्न अगाडि माथि उल्लेख गरीएका बँदाहरू जस्तै:आवश्यक सामग्री, विभाजन गरीने गोलाको अवस्था, छनोट, समय, मौसम, विभाजन गरेपछि चाहिने सामग्री सवै तयार गर्नुपर्दछ । गोला विभाजनका लागि आवश्यक सामग्रीः
- रित्तो घार (डमी बोर्ड समेत)
- छनोट गरीएको मजबुत गोला
- आधारचाका जडान गरीएको चौकोस (खाली चाका)
- फिडर/चिनी
मौरी गोला संयोजन
मौरीपालकले दुई वा दईभन्दा बढी कमजोर मौरीगोला वा आवश्यकता अनुसार वलियो र कमजोर मौरीगोलालाई मिसाएर एउटा स्वस्थ मजवुत गोला वनाउने प्रक्रियालाई गोलासंयोजन भनिन्छ ।
परम्परागत घारबाट आधुनिक घारमा मौरीसार्ने चरणहरू
रानु उत्पादन दुई तरिकाबाट गर्न सकिन्छ ।
१) प्राकृतिक तरिकाबाट रानु उत्पादन
मौरीहरूले आफ्नो आवश्यकता अनुसार तीन अवस्थामा रानुहरू उत्पादन गर्ने गर्दछन्, जसलाई प्राकृतिक तरिका भन्न सकिन्छ: अ) हुल निर्यास आ) वृद्धोद्वार इ) आपतकालीन/सङ्कटकालीन अवस्थामा
मौरीपालकलाई उपयुक्त समयमा रानुको आवश्यक भएमा मौरीगोलालाई रानु बनाउने वातावरण सृजना गरेर पनि प्राकृतिक रानु उत्पादन गराउन सकिन्छ।
२) कृत्रिम तरिकाबाट रानु उत्पादन
मौरापालकले उपयुक्त समयमा छानेको गोलाबाट रानु उत्पादन गर्ने विधिलाई कृत्रिम तरिकाबाट रानु उत्पादन भनिन्छ । यस तरिकामा मौरीपालकले आफैले कत्रिम रानुकोषहरू बनाई आफुले छानेको गोलाबाट १-२ दिन कर्मी मौरीका लार्भाहरू रानुकोषहरूमा प्रतिस्थापन गरेर रानुविहीन बनाइएको नर्सरी गोलाहरूमा राखिन्छ ।
समय व्यवस्थापन
विशेष गरी फाल्गुण-चैत्र र असोज-कार्तिकसम्म पहाडी, मध्य पहाडी र तराई क्षेत्रको लागि तथा जेष्ठ-अषाढतिर उच्च पहाडी क्षेत्रका लागि रानु उत्पादन गर्दा बढी सफलता पाइन्छ ।
रानुकोष प्रवेश गराउने तरिका
राम्रो रानुकोषलाई छानेर सोको वरिपरिको चाका रानुकोषलाई बाधा नपुग्ने गरी चक्कुले काट्ने र प्रवेश गराउने गोलाको विच भागको चौकोस निकाली चाकाको तल्लो भागमा चक्कुले रानुकोष सजिलै अट्ने गरी चाका काटी आवश्यकताअनुसार दरिलो छेस्का पसाई अड्याउने।
मौरीको कृत्रिम आहार र व्यवस्थापन
घारभित्र आहाराका अभाव हुँदा मौरीलाई खानेकुरा बनाएर दिइने खाना वा आहारालाई कृत्रिम आहारा भनिन्छ ।
क) कृत्रिम कुट
उपलब्ध भएसम्म घारमा मौरीले सङ्क्रलन गरेको कुट नै मौरीलाई खान दिनुपर्छ । सो नभएमा कृत्रिम कुट तयार गरी मौरीलाई खुबाउनुपर्छ ।
कृत्रिम कुट बनाउने विधि
- भटमास वा चनालाई राम्ररी भुटेर सफा तरिकाले पिँधेर मसिनो पिठो बनाउने ।
- यसरी पिँधेर धुलो पारेको भटमास वा चनाको पिठोलाई पर्याप्त मह वा पिसेको चिनी र थोरै पानी मिसाई लिटो जस्तै बनाउने र घारभित्र छाउराकक्षको टपबारमा मौरी नच्यापिने गरी राखिदिने । यो एक गोला मौरीका लागी एक हप्तासम्म पर्याप्त हुन्छ ।
ख) चास्नी
चास्नी बनाउने विधिः मुख्य ३ प्रकारका चास्नी प्रचलनमा रहेका छन् ।
- १ भाग चिनी १ भाग पानी (१:१)
- २ भाग चिनी १ भाग पानी (२:१)
- १ भाग चिनी २ भाग पानी (१:२
चास्नी खुवाउने विधि
- प्लास्टिकको बट्टाको बिर्कोमा मसिना प्वाल पारेर बट्टामा चास्नी राख्ने, बिर्को राम्ररी बन्द गर्ने अनि घारको भित्री ढकनीको प्वालमा वा चौकोसको माथि घोप्ट्याएर पनि खान दिन सकिन्छ ।
- तयारी चास्नीलाई आहारा चौकोसमा राखेर पनि खान दिन सकिन्छ ।
ग) क्यान्डी
मसिनो गरी पिँधेको चिनीमा मह वा पानी मिसाएर बनाइएको लिटोलाई क्यान्डी भनिन्छ । चिनीलाई मसिनो हुने गरी सफा सिलौटो, खल वा मिलमा पिनेर धुलो बनाउनुपर्छ । यस धुलो चिनीलाई लिटो बनाउन मह वा पानी मिसाउनुपर्छ । यसरी बनाइएको लिटोलाई जताततै प्वाल पारिएको कुनै सफा प्लास्टिकको थैलोभित्र राखेर वा मौरीघारको चौकोसमाथि राखेर वा छाउराका कक्षमा पूरै चौकोस नभएको भए त्यस खाली ठाउँमा नै राखेर वा चौ कोस आहारादानीमा राखेर समेत खान दिन सकिन्छ ।
मौरीगोलामा हुने लुटलडाइँ र रोकथाम
प्रायः वातावरणमा पुष्परसको प्रवाहमा कमी भई घारभित्र खानाको अभाव हुँदा कुनै एक गोलाको मौरीले अर्को गोलाको सञ्चित मह लुट्न जाने क्रममा लुटलडाइँ हुन्छ।
लुटलडाइँका लक्षणहरू
- लुटलडाइँ भएको बेला लुटाहा मौरी अन्य कुनै घारभित्र पस्न कोसिस गरीरहेको हुन्छन्, त्यसैले सो घारको वरिपरि थुप्रै सङ्ख्यामा कर्मी मौरीहरू उडिरहेका देखिन्छन्।
- सो घारको प्रवेशद्वारमा पहरा दिने मौरीहरूको सङ्ख्यामा वृद्धि हुन्छ र ती दुई मौरीहरूबिच झगडा भई एकआपसमा जुधिरहेको देखिन्छ।
- घारको प्रवेशद्वार तलतिर मौरीहरू मरेका देखिन्छन् र मौरीहरू ठूलो आवाजमा भुनभुनाउँदै उडिरहेका हुन्छन् ।
रोकथाम
- लुटलडाइँ सुरु भएको देख्नासाथ रोक्नका लागि पानी वा मट्टितल पानी छ्याप्ने, यसले गर्दा मौरीहरू मौसम प्रतिकूल भएको ठानी आफ्नो घारमा जान्छन् । अथवा तितेपाते हल्का मिचेर प्रवेशद्वारमा राखिदिने ।
- लुटलडाइँ भएको बेला घारमा ५-१० मिनेट बिराएर धुवाँ दिने।
- घारको प्रवेशद्वार सानो पारी, एउटा मात्र मौरी छिर्न सक्ने बनाउने।
- लुटलडाइँ नरोकिएमा लुट भइरहेको गोलाको प्रवेशद्वारमा पिठो वा केशरी छर्ने र सबै गोलाहरूको प्रवेशद्वारमा निरीक्षण गर्दा जुन प्रवेशद्वारमा सो धुलो देखिन्छ, त्यही नै लुटाहा मौरी हो। लुटाहा गोलाको पहिचान भएपछि त्यसलाई वाहिर निस्कन नदिने।
व्यवस्थापनका उपायहरू
- सकेसम्म बन्द कोठामा मह काढ्ने र खुल्ला ठाउँमा मह काढ्नु परेमा झुलको प्रयोग गर्ने।
- मौरीगोला नजिकै मह, चिनीचास्नी नचुहाउने यदि चुहिएमा तुरुन्तै पानीले सफा गर्ने।
- काढेका मह चाकाहरू खुल्ला ठाउँमा नराख्ने।
- मेलिफेरा र सेराना एकै ठाउमा राख्दा लुटलडाइँको सम्भावना बढी हुने हुँदा सकभर फरकफरक ठाउँमा राख्ने।
वितपाते मौरी, तिनको नियन्त्रण तथा व्यवस्थापन
मौरीगोलामा लामो समयसम्म रानु वा रानुकोष वा ३ दिन सम्मका लार्भाको समेत अभाव हुँदा मौरी गोलाका केही कर्मी मौरीहरूले शाहीखुराक खाई फुल पार्न शुरु गर्दछन् । त्यस्ता फुल पार्ने कर्मी मौरीलाई वितपाते मौरी भनिन्छ।
कारणहरू
- रानुको दुर्घटना भई मरेमा, उडानपछि पुनः घारभित्र प्रवेश नगरेमा, रानुको पखेटा काटेमा
- अनुपयुक्त मौसममा आपत्कालीन रानु उत्पादन गरी गोलाविभाजन गरेमा
पहिचान
- कर्मी मौरीको पेट ठूलो र चिल्लो कालो हुने, पखेटा फिँजाई हिँड्ने र गोलाका मौरी रिसाहा हुने
- एउटै कोषमा एकभन्दा बढी फुल भएमा
- चाकामा ससाना रानुकोषहरू बनाउने र मौरीहरू प्रवेशद्वारमा झुन्डिएर बस्ने
नियन्त्रण
- गोला रानुविहीन भएमा रानुकोष वा रानु प्रतिस्थापन गर्ने ।
- रानुकोष वा रानु नभएमा फुल, लार्भा भएको चाकाहरू राखिदिने ।
व्यवस्थापन
- उक्त गोलालाई रानु र रानुकोष दिनुभन्दा अगाडि वितपाते मौरीहरूलाई हटाउनुपर्दछ ।
- वितपाते मौरी हटाउन उक्त घारलाई सो स्थानबाट करिब २० मिटरजति टाढा लाग्नुपर्दछ र त्यस घारको ठाउँमा अर्को खाली घार राख्नुपर्दछ ।
- २० मिटरजति टाढा लगेको घारबाट सम्पूणर् मौरीहरू जमिनमा ओछ्याइएको कपडामाथि टक् टक्याउनुपर्दछ ।
- वितपाते मौरी झारिसकेपछि चाकामा वितपाते मौरीको फुल भए उक्त चाकालाई टकटक्याई फुल झारिदिनुपर्दछ ।
- चाकाहरू छनोट गरी साविक ठाउँमा भएको खाली घारमा राख्नुपर्दछ ।
- उक्त घारमा अन्य घारहरूबाट फुल, लार्भा, प्युपा भएको र खाना भएको चाकाहरूको आधार दिनुपर्दछ ।
मौरीचरन र यस्को व्यवस्थापन
परिचय र महत्वः मौरीले आफूलाई आवश्यक पर्ने पुष्परस, पराग, चोप परिपूर्ति गर्न विचरण गर्ने बोटबिरुवा, बनस्पति र फूललाई मौरीचरन भनिन्छ । जति धेरै चरन उपलब्ध छ, त्यति नै धेरै मह उत्पादन गर्न सकिन्छ र गोलाको वृद्धि पनि त्यस क्षेत्रमा वर्षभरि उपलब्ध हुने मौरीचरनमा भर पर्दछ ।
पहिचान
मौरीपालकले मौरीपालन सुरु गर्नुअगाडि स्थानीय स्तरमा मौरीविचरण गर्न योग्य वनस्पति र बालीनाली पर्याप्त भएनभएको पहिचान गर्न आवश्यक हुन्छ ।
मौरीचरन व्यवस्थापन
सकेसम्म वर्षभरिमा ८/९ महिना चरन उपलब्ध हुने गरी व्यवस्थपन योजना गर्न सकेमा मौरीपालनबाट अत्यधिक लाभ लिन सकिन्छ ।
छोटो समयमा फुल्ने मौरीचरनः तोरी, फापर, सस्र्यू, सूर्यमुखी, प्याउली, वरसिम ।
दीर्घकालीन चरन: चिउरी, कल्की, अमिलो जातका फलफूलहरू, लिची, जामुन, सिसौ ।
जंगली चरन र कृषि जन्य चरन
सरकारी वन, सामुदायिक वन, व्यक्तिगत वनजङ्गलबाट मौरीले प्राप्त गर्ने रस, कुट भएको वनस्पतिलाई जङ्गली चरन भनिन्छ । नेपालको सन्दर्भमा जङ्गली चरन तराईमा सिसौ, रुदिलो, मसला, कडिपत्ता, पड़के, जामुन, आदि र पहाडमा चिउरी, चिलाउने, अङ्गेरी, हाडेबयर, पैयँु आदि छन् ।
खेतबारीमा उब्जाइने कृषिजन्य बालीनाली, अन्नबाली, फलफूल, तरकारीबाट पनि मौरीलाई पुष्परस, कुट उपलब्धलाई कृषिजन्य चरन भनिन्छ । जस्तै: तोरी, सस्र्यूँ, मकै, फापर, सूर्यमुखी, लिची, सुन्तलाजात, स्याउ, केरा आदि ।
मौरीगोला स्थानान्तरण
मौरी गोलालाई स्रोत र स्थान पहिचान गरी एक ठाउँबाट अर्को ठाउँमा लैजाने प्रक्रियालाई स्थानान्तरण भनिन्छ । मौरीगोला स्थानान्तरण मुख्यतयः निम्न उद्देश्यका लागि गरिन्छ
- मह उत्पादनमा वृद्धि गर्नका लागि ।
- मौरीगोला मजबूत बनाउन तथा गोलावृद्धि गर्नाका लागि ।
- कृत्रिम आहारको खर्च घटाउनाका लागि ।
- कृषि उपजमा परागसेचनद्वारा उत्पादन र उत्पादकत्वमा वृद्धि गराउनका लागि ।
- बालीनाली तथा वनस्पतिको वंश संरक्षणका लागि ।
मौरी स्थानान्तरण विधि
- मौरीगोलालाई स्थानान्तरण गर्नुपूर्व सबै तयारीहरू सम्पन्न भएपछि चरन क्षेत्रको भौगोलिक अवस्था र मौसम हेरी उपयुक्त साधनद्वारा मौरीगोला ओसारपसार गर्न सकिन्छ ।
- मौरीगोला स्थानान्तरण रातको समयमा गर्नुपर्दछ । जाडो मौसममा वेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ८-१० बजेभित्र स्थानान्तरण गर्न सकिन्छ ।
- यसरी स्थानान्तरण गरीएको गाडी लामो समयसम्म रोक्नु हँदैन रोक्नुपरेमा मौरीहरूलाई अनलोड गरी पुनः माथि उल्लेख गरे अनुसार नै स्थानान्तरण गर्नुपर्दछ ।
- मौरीगोलालाई चरनक्षेत्रमा पुर्याइसकेपछि घारहरूलाई सावधानीपूर्वक उतारी एक घारबाट अर्को घारको दुरी कम्तीमा ५ फिट अन्तरले राख्नुपर्दछ ।
छाउरा (लार्भा) मौरीमा लाग्ने रोगहरू
१) युरोपियन फाउल ब्रुड (EFB)
युरोपियन फाउल ब्रुड एउटा सूक्ष्म जीवाणु: Melissococcus pluton नामक ब्याक्टेरियाले नया लार्भाहरूको पेटमा सङ्क्रमण गर्दछ रे पेटभरि जीवाणु फैलिएर छाउरा कुहिन्छन् ।
लक्षण र पहिचान
- घारको प्रवेशद्वार अगाडि मरेका लार्भाहरू देखिनु ।
- छाउराको रङ परिवर्तन भई पहेँलो-खैरो खरानी रङको हुनु
- लार्भाका श्वासनलीहरू (Tracheae) पारदर्शी हुनु ।
- कुहिएका लार्भाहरू लस्सादार र सुकेपछि पाप्रा परेर कोषको भित्तामा टाँसिन्छन्, जसलाई मौरीले हटाउन सक्तैनन् ।
नियन्त्रण र व्यवस्थापन
- मौरीले नढाकेका चाका, काला पुराना चाकाहरू घारवाट हटाउने र मौरीले ढाक्न सक्ने चाकाहरूमात्र घारमा राख्ने ।
- रोगले सङ्क्रमण गरेमा, नयाँ घारमा मौरी टक्ट्क्याएर चाकाहरू र रानु फेर्ने ।
- मौरीगोलालाई छाउराविहीन बनाउन ११-१४ दिन सम्म रानुलाई पिंजडामा थुनेर घार भित्र राख्ने र हटाउने र सङ्क्रमण भएका घार, चौकोस, चाकाहरू जलाउनुपर्दछ ।
- ५०० एम.जी. अक्सिटेट्रासाइक्लिन वा टेरामाइसिन प्रति लिटर चास्नीको अनुपातमा तयार गरेर ३/४ दिनको फरकमा ३ पटक प्रयोग गर्ने, अथवा ओटेट्राभेट-५० धुलो एन्विायोटिक्स ०.५ ग्राम प्रति रोगी घारका दरले चिनी चास्नमिा मिसाएर ४/५ दिनको फरकमा ३ पटक खुवाउने वा यस औषधिलाई १०० ग्राम चिनीको धुलोमा वा चिनी पानीको पातलो घोलमा मिसाएर सिधै छाउरा चाकामा हल्का डस्टिङ वा स्प्रे गरिदिंदा रोग व्यवस्थापन हुने ।
२) थाइ स्याक बुड (Thai Sac Brood Virus, TSBV)
यो सेराना मौरीमा भाइरसद्वारा लाग्ने मुख्य छाउरा रोगमा लार्भाको पेटमा सङ्क्रमण गर्दछ । लार्भाको पेटमा यी जीवाणु, वृद्धि हुन्छन् र दिशासँगै बाहिर निस्कन्छन् ।
लक्षण र पहिचानः
- रोगी गोलाहरू पहिचान गरी मौरीखर्कबाट अलग्गै राख्ने ।
- सदैव गोला मजवुत, सफा राख्ने र प्रसस्त खाना उपलब्ध गराएर राख्ने ।
- मौरीगोलामा छाउराविहीन बनाउन रानुलाई पिँजडामा राख्ने र हटाउने । रोगी घार, चाका, फ्रेमहरू जलाएर नष्ट गर्ने ।
नियन्त्रण र व्यवस्थापन
- रोगी गोलाहरू पहिचान गरी मौरीखर्कबाट अलग्गै राख्ने ।
- सदैव गोला मजवुत, सफा राख्ने र प्रसस्त खाना उपलब्ध गराएर राख्ने ।
- मौरीगोलामा छाउराविहीन बनाउन रानुलाई पिँजडामा राख्ने र हटाउने । रोगी घार, चाका, फ्रेमहरू जलाएर नष्ट गर्ने ।
३) चक बुड (Chalk Brood)
मौरीको लार्भामा लाग्ने ढुसीजन्य (Ascosphaera apis) रोग हो । यो रोग लागिसकेपछि छाउरा मौरीहरू चकजस्तो सुकेर कडा हुने हुँदा यसलाई चक बु्रड भनिएको हो ।
लक्षण: लार्भा पहिला नरम र अलिकति सुन्निएको हुन्छ र पछि खुम्चिएर कडा हुन्छ र चकजस्तै सेतो हुन्छ ।
नियन्त्रणः
- बढी चिसो समयमा यो रोग देखिने हुँदा गोला मजबुत तथा न्यानो बनाउने ।
- मौरीलाई खानाको अभाव हुन नदिने ।
४) अमेरिकन फाउल ब्रुड (American Fouul Brood, AFB) American Foul BroodAmerican Foul B
अमेरिकन फाउल वु्रड रोग पेनी व्यासिलस लार्भी (एबभलष् दबअष्ििगक बिचखबभ) नामक व्याक्टेरियाबाट मेलिफेरा मौरीको लार्भामा लाग्दछ । खानासँग यस रोगका स्पोर्सहरू २ दिन उमेर पुगेका लार्भाको शरीरमा पस्छन् । उच्च तापक्रम, अधिक चिसो र विभिन्न रसायनमा पनि जीवित रहन सक्छन् ।
लक्षण:
- सङ्क्रमित लार्भाको रङ परिवर्तन हुने ।
- कोषको ढक्कन धस्सिने र प्वाल पर्ने, रड गाढा र भिजेको जस्तो देखिने ।
नियन्त्रणः
गोला र मौरीघार सम्पूणर् जलाएर नष्ट गर्ने ।
वयस्क मौरीमा लाग्ने रोग
१) नोसिमा (Nosema)
नोसिमा एपिस (Nosema Apis) नामको परजीवीद्वारा वयस्क मौरीमा यो रोग लाग्दछ । वयस्क मौरीको पचानप्रणलीमा बाधा पुर्याउँछ । रोगी मौरीले पातलो दिशा गर्दछ ।
लक्षण:
- मौरीघारभित्र र बाहिर पातलो दिशा गरेको देखिनु ।
- रोगी मौरीको पेट फुल्नु ।
- स्वस्थ मौरीको आन्द्रा खैरो रङको हुन्छ भने नोसेमा रोगले ग्रसित मौरीको आन्द्रा सेतो र फुकेको हुन्छ ।
नियन्त्रणः नियन्त्रण नभएमा विज्ञसंग सल्लाह लिने ।
२) अमिबा (Amoeba)
अमिवा एक सुक्ष्म गिर्खा (ऋथकत) बनाउने ःबउजष्नजबmयभदब mभििषष्अबभ नामक परजीवीका कारणले वयस्क मौरीमा लाग्ने रोग हो । यो मौरीको पेटमा दिशा गर्ने अङ्ग (ःबउिष्नजष्बल तगदगभिक) मा वृद्धि हुन्छ । दिशासँग यसको सुक्ष्म गिर्खा बाहिर निस्केर अर्को मौरीको शरीरमा प्रवेश गर्छन ।
यो परजीवीले सड्क्रमण गरेको मौरीले खास लक्षण भने देखाउँदैन । यसको पहिचानको लागि प्रयोगशालामा सूक्ष्म परीक्षण गर्नुपर्दछ । यो रोग नेपालको सेराना र मेलिफेरा मौरीमा हालसम्म भेटिएको छैन । तर अन्य देशमा मेलिफेरामा र अमिबा सँगसगै देखा परिसकेको छ ।
३) पक्ष घात (Paralysis)
सुक्ष्म जीवाण भाइरसका कारणले वयस्क मौरीमा पक्ष घात हुने गर्दछ । यी भाइरस रोगका दुई फरक लक्षणहरू छन् । एउटा वेलायतका मौरीपालकले पक्ष घात ९एबचबथिकष्क० भनेर नाम राखेका हुन् । जसमा सङ्क्रमित मौरीले आफ्नो पखेटा र शरीर असामान्य गतिमा चलाउँछ । अनी उड्न असमर्थ भई भुइँमा घसे्रर हिँड्छन् । तिनीहरूको पेट फुलेको र पखेटाले ठाउँ छाडेको हुन्छ ।
अर्को प्रकारको पक्ष घात (Type 2) लाई बेलायतले black robbers र lKttle blacks नाम राखको छ । तिनीहरू रौविहीन हन्छन । गाढा हुन्छ । पेट भने केही ठूलो र चम्किलो हुन्छ र वाहिर निस्केपछि सुरक्षा मौरीले घारभित्र छिर्न दिदैनन् ।
मौरीका सुलसुलेहरू (Mites)
१) एकाराइन सुलसुले (Acarapis Woodi)
यो सुलसुलेले मौरीको वयस्क अवस्थामा बढि दुःख दिन्छ। यसले मौरीको श्वासनलीमा बसेर मौरीलाई कमजोर पार्छ। लक्षणहरू: रोगी मौरीको पेट चम्किलो देखिनु थ रोगी मौरीको पखेटाको आकार अङ्ग्रेजीको के (K) जस्तो देखिनु
रोकथाम
- मेन्थलको प्रयोग
- चिनीको धुलोमा वनस्पति घिउ र तेल मिसाई पेस्ट बनाएर मौरीको जात र घनत्व हेरी ५० ग्राम देखि १०० ग्रामसम्म टपबारमाथि कागज राखी रोटी आकारको बनाई राखिदिने प्रयोग गर्न सकिन्छ ।
नोटः यो विधि प्रयोग गदा कमिला लाग्ने सम्भावना भएको हुँदा घार वरपर निरीक्षण र सफा गर्ने ।
२) भेरोवा सुलसुले (Varroa Destructor)
मौरीको शरीरको बाहिरी भागमा बसेर मौरीलाई चुस्ने सुलसुलेले मेलिफेरा मौरीलाई बढी सताउँछ ।
लक्षणहरू: भर्खर निस्केका वयस्क मौरीहरूको आकार सानो हुनु र पखेटा बिग्रेको देखिनु । मौरी उड्न, हिँड्न नसक्नु थ रोग सहन सक्ने क्षमतामा कमी आउनु ।
३ ट्रोपिइलाल्याप्स सुलसुले (Tropilaelaps Clareae)
यसले मेलिफेरा मौरीको छाउरा अवस्थामा आक्रमण गर्छ। यी सुलसुले छाउरा चाकामा हिँडिरहेको देख्न पनि सकिन्छ।
सुलसुलेको नियन्त्रण विधि
जैविक विधि (Biological Method)
भाले छाउरा नष्ट गरेर
छाउरा चक्र नष्ट गरेर
भौतिक विधि (Physical Method)
मौरीलाई अन्यत्र सारेर खाली घारमा आगोको ज्वालो लगाएर सुलसुले मार्न सकिन्छ ।
घारका मौरीमाथि ग्लुकोजको धुलो, दुधको धुलो वा गहुँको मैदा छरिदिनाले सुलसुले चिप्लेर तल झर्छन् । यसरी झरेका सुलसुलेलाई बटुलेर नष्ट गर्न सकिन्छ । यो प्रक्रिया ४/४ दिनमा गर्दै जानुपर्छ ।
रासायनिक विधि (Chemical Method)
जैविक र भौतिक विधिबाट सुलसुले नियन्त्रण नभएमा विज्ञहरूको सल्लाह लिई रासायनिक विधि प्रयोग गर्न सकिन्छ ।
१. अरिङगाल/बच्छ्यु
अरिङ्गाल, बच्छ्युँ मौरीजस्तै तर अलि ठूला जीव हुन् । यिनीहरुमध्ये अरिङ्गालले उड्दै गरेको मौरी पनि समातेर खान्छ भने बच्छ्युँले घारमा पसेर वयस्क मौरी खाएर सखाप पार्छ ।
२. मलसांप्रो
यो करिब विरालोजत्रै कालो वा खैरो रङको एक जङ्गली जनावर हो । यसले मौरीको घारभित्रबाट चाका, मह र मौरी झिकेर खान्छ ।
३. कमिला
कमिलाले प्रायः मौरीघारभित्र पसेर मह, मौरीको फुल, छाउरा खाने गर्छ भने कहीँ त यसले ठूला मौरी पनि समातेर खाने समस्या रहेको पाइन्छ ।
रोकथाम/उपचारः
- घार खुट्टालाई पानी सहितका कचौरामा राख्ने,
- घारखुट्टामा ग्रिज दलेर कमिला माथि चढ्न नसक्ने बनाउन सकिन्छ ।
४. माउसुली, छेपारा र भ्यागुता
माउसुली, छेपाराहरूले अन्य किरा खान नपाए घारको वरिपरि बसेर मौरी छोपेर खान्छन् ।
५. माकुरा
यिनीहरूले घारभित्र र बाहिर अग्ला रूखहरूमा जाल थापेर मौरी परेपछि मारेर खान्छन् । यसको नियन्त्रणको लागि घारभित्र बसेका माकुरालाई मार्ने, र रूखहरूमा थापेको जालो अग्लो लट्टीको मद्दतले हटाउनुपर्छ ।
६. चराचुरुङगी
गौंथली, चिवे, लाहाचले मौरी खाएर नोक्सान पुयाउने गरेको पाइएको छ । यसको नियन्त्रणको लागि तर्साउने खालका मान्छेका मूर्ति (बुख्याँचा) उभ्याएर तर्साउनुपर्छ ।
७. भालु
यसले मौरीको घार लडाएर घारभित्रबाट चाका, मह र मौरी झिकेर खान्छ । यसको नियन्त्रणको लागि तर्साउने खालका मान्छेका मूर्ति उभ्याएर तर्साउनुपर्छ ।
विष लागेको मौरीमा देखिने लक्षण
- घारका मौरीहरू बढी रिसाउनु ।
- विषको सम्पर्कमा आएका मौरीको शरीर काम्नु र घार वरिपरि घस्रेर हिँड्नु, उड्न नसक्नु/घारभित्र पस्दा अरु मौरी उत्तेजित हुनु ।
- वयस्क मौरीले पुष्परस वान्ता गर्नु र उत्तानो भएर भुमरी पर्ने गरी घुम्नु ।
विषादीबाट मौरीलाई बचाउने उपायहरू
- फूल फुलेको समयमा बालीनालीमा रासायनिक विषादीहरूको प्रयोग नगर्ने ।
- विषादीको प्रयोग गर्नु २-३ दिन पहिले मौरीकृषकलाई खबर गर्ने ।
- विषादीको प्रयोग गर्नुपहिले मौरीगोलालाई चास्नी दिई मौरीलाई घारभित्र बन्द गर्ने ।
मह उत्पादन
विभिन्न जातका मौरीले आफ्नो प्रयोगको लागि बोटविरुवाहरूबाट सङ्कलन गरी भण्डारण गरीएको महलाई मौरीपालकले मौरीलाई कुनै क्षति नपुर्याईकन काढ्ने कार्यलाई मह उत्पादन भनिन्छ । मुख्यतया नेपालमा भिर मौरी, खागो मौरी, कठ्यारी मौरी, सेराना मौरी र मेलिफेरा मौरीबाट मह उत्पादन हुने गरेको छ ।
मह प्रशोधन
मौरीपालकले मौरीलाई आवश्यक पर्ने मह छाडी ७० प्रतिशत भन्दा वढी टालिएको मह चाकाबाट मह काढ्नुपर्छ । महमा मिसिएका बाह्य बस्तुलाई महको गुणस्तर नबिग्रने गरी हटाउने प्रक्रियालाई मह प्रशोधन भनिन्छ । प्रशोधन गर्ने ठाउँ सुख्खा, सफा र कम आर्द्रता भएको हुनुपर्दछ । महलाई प्रत्यक्ष तताउनु हुँदैन र महलाई ५५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम दिएमा गुणस्तरमा कमी आउँछ । महलाई तताएर प्रशोधन गर्ने भएमा विज्ञहरूको सल्लाह लिनु जरुरी हुन्छ ।
भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरू
- मह भण्डारण गर्दा भण्डारण गरिने कोठा सुख्खा, सफा र बन्द र तापक्रम २० डिग्री से.हुनुपर्दछ ।
- मह राख्न प्रयोग हुने भाँडावर्तन: सिसा, खाद्य योग्य प्लास्टिक भांडा, स्टेनलेस स्टिलको भाँडोमा विर्को बन्द गरी राख्नुपर्दछ ।
महको गुणस्तर कायम गर्न मह उत्पादकले ध्यान दिनुपर्ने कुराहरू
- मह काट्दा, प्रशोधन गर्दा र मह भण्डारण गर्दा तामा, फलाम, पित्तल जस्ता धातुबाट बनेका मह मदानी र भाँडावर्तनहरूको प्रयोग नगर्ने ।
- सुपरबाट मात्र मह काढ्ने र महमा बच्चा मैन कुट आदि मिसिनवाट जोगाउने ।
- महले ओस, वास्ना, गन्ध आदि तान्न सक्ने भएकोले सोबाट जोगाउने ।
अर्गानिक मह उत्पादन
- रोगकिरा नियन्त्रण गर्दा रासायनिक विषादीहरूको सट्टामा जैविक विषादी वा वनस्पति जन्य विषादीहरूको प्रयोग गर्ने र रासायनिक विषादीहरूको प्रयोग नगर्ने।
- विषादीको प्रयोग गरेको थाहा भएमा मौरीगोलालाई चिनी चास्नी दिई २-३ दिनसम्म घारभित्र वन्द गर्ने ।
- विषादी प्रयोग गरिने क्षेत्रमा मौरीगोलालाई स्थानान्तरण नगर्ने । यदि विषादि प्रयोग गरिएको देखिएमा मौरीगोला प्याकिङ गरेर ५ किलोमिटर टाढा अर्के चरन क्षेत्रमा स्थान्तरण गर्ने ।
महको मूल्य शृङ्खला र बजार व्यवस्थापन
महको परिचय
“मौरीले पूmल वा वनस्पतिहरूबाट पुष्परस सङ्कलन गरेर प्रशोधन वा घनकीकरण गरी चाकामा भण्डारण गरेको सुगन्धित गुलियो चिपचिपे अर्धतरल पदार्थ नै मह हो ।” प्राचीन कालदेखि खाद्य तथा औषधीय वस्तुका रूपमा मह प्रयोग हुदै आएको छ ।
कस्तो महलाई गुणस्तरीय मह भन्ने ?
अन्य कुनै किसिमको अखाद्य वस्तुको एवं रासायनिक तत्वको मिसावट नभएको महलाई गुणस्तरीय मह भनिन्छ ।
मह उत्पादनदेखि प्रयोग गर्ने अवस्थासम्म नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार महको न्यूनतम गुणस्तर निम्नबमोजिम रहेको छ ।
सि.नं. | विवरण | मात्रा |
१ | जलांश (पानी) | २०-३० प्रतिशत |
२ | भष्म (खरानी) | ५ प्रतिशत |
३ | सुक्रोज
| फुलको महमा % मा नबढेको र अन्य महमा १० प्रतिशतमा नबढेको |
४ | रिडयुसिंग सुगर | शुद्ध फूलरसको महमा ६५ प्रतिशतमा नघटेको र अन्य महमा ६० प्रतिशतमा नघटेको |
५ | फ्रुकटोज / ग्लुकोज अनुपात | ०.९५ मा नघटेको |
६ | अम्लियता (एसिडको रुपमा) | ०.२ प्रतिशतमा नबढेको |
७ | पानीमा नाघुल्ने ठोस पदार्थ | ०.५ प्रतिशतमा नबढेको |
८ | हाइड्रोक्सी मिथाइल फरफुरल -HMF_
| ४० मिलिग्रामप्रतिकिलोग्राममहमा नबढेको |
महको मूल्य शृङ्खला र बजार व्यवस्थापन
मूल्यशृङ्खलाको तह | गुणस्तरीयताको पक्ष | यसबाट प्राप्त हुने फाइदाहरू |
१) उत्पादनको तहमा क) चरनक्षेत्रमा स्तरीकरण गरेर ख) जैविक प्रविधिबाट मौरीको उपचार गरेर ग) स्टेनलेस स्टिलको सामान प्रयोग गर्दा घ) परिपक्व मह काढ्दा
| क) असल कृषि पद्धति (न्ययम ब्नचष्अगतिगचभ एचबअतष्अभक) ख) अग्र्यानिक मूल्य प्राप्त हुने। ग) महमा रासायनिक तत्वको मिसावट नहुने । घ) स्वादिलो र औषधीय गुण भएको मह हुने ।
| क) अन्तर्राष्ट्रिय बजारमा महको राम्रो मूल्य प्राप्त हुने । ख) महमा अवशेषको मात्रा कम । ग) महको विश्वव्यापी बजारीकरण गर्न सकिने । घ) दीर्घकालीन बजार सम्भावना बढ्ने ।
|
२. प्रशोधनको तहमा मह तताउदा वा मापदण्ड अनुरूपको तापक्रम मा वाष्पीकरण गर्दा र छान्दा
| महमा भएको प्राकतिक गुण कायम राख्न सकिने | स्वदेश र विदेशमा दीर्घकालीन बजार कायम राख्न र लामो समय राख्न सकिने । |
३. भण्डारण तहमा ः वातानुकूलित भण्डारण गरेर वा फुड ग्रेडका भाँडाको मात्र प्रयोग गरेर
| महमा भएको प्राकृतिक गुण कायम राख्न सकिने | स्वदेश र विदेशमा दीर्घकालीन बजार कायम राख्न र लामो समय राख्न सकिने । |
बजारीकरण तहमा प्याकेजिड, लेभेलिङ, ब्राण्न्डिङ, प्रमाणीकरण
| बजार सहज हुने, ठुलो मात्रामा महको बजार विस्तार गर्न सकिने, नेपाली महको छुट्टै पहिचान हुने । | अपेक्षित बजार पहुँच बढाउन सकिने,उच्च मूल्य पाउन सकिने, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने । |
अन्य मौरीजन्य उत्पादन
मौरीपालनबाट मह लगायत मैन, शाही खराक, कुट, खोटो, मौरीविष, प्याकेज मौरीगोला जस्ता उपजहरू सड्कलन गरी आय आर्जन लिन सकिन्छ ।
मैन
कर्मी मौरीको मैनग्रन्थि दबतब मैन रसाई हावाको सम्पर्कमा आउनाले कडा भई मैनमा परिणत हुन्छ । मौरीले मैन उप्काई वङ्गरामा पुर्याउँछन् र चपाएर यसमा र्याल मिसाई नरम पारी चाका तथा कोष निर्माण गर्ने काम वा अन्य कार्यजस्तैः महकोष र छाउराकोष टाल्ने कार्य आदिमा प्रयोग गर्दछन् । यो फिका सेतोदेखि फिक्का पहेंलो हुन्छ ।
-
मैन प्रशोधन गर्ने तरिका
मह काढ्दा महचाकाको ढक्कन र मौरीले प्रयोग गरेका पुराना चाकाहरूलाई प्रशोधन गरी मैन उत्पादन गरिन्छ ।
पुराना चाकाहरू सङ्कलन गरी प्लास्टिकको भाडाभित्र वा प्लास्टिकको थैलोमा हावा नछिर्ने गरी राख्ने र ससाना टुक्रा बनाई सफा गरी २४ घण्टासम्म पानीमा भिजाउने ।
उक्त भिजाएका चाकालाई पुनः सफा गरेर पानीमा डुबाई तताउने र चलाउदै सवै पगाल्ने ।
पग्लेको मैनलाई सफा भाँडोमाथि कपडाको वा जुटको बोरा राखी छानेर कोठाभित्र वा छहारीमा राख्ने ।
उक्त मैनलाई २४ घण्टापछि जमेको मैनको ढिक्का निकाल्ने र सुरक्षित सफा कोठामा राख्ने ।
कुट
मौरीपालनबाट प्राप्त हुने कुट फुलहरूको पुंकेशरबाट प्राप्त हुने पराग कण हो, जुन प्रोटिनयुक्त खाद्य पदार्थ हो ।
मौरीपालकले कुटप्रवाहको मौसममा मौरीलाई आवश्यक पर्नेभन्दा बढी भएको कुट (पराग) सङ्कलन गर्ने प्रक्रियालाई कुट (पराग) उत्पादन भनिन्छ । कुटसंकलन गर्दा मौरीपालकले गोलामा छाउरा उत्पादनमा असर नहुने गरी सङ्कलन गर्नुपर्दछ ।
कुट संकलन गर्ने विधि
कुटको पासो (पोलेन ट्राप) प्रयोगले कुट सङ्कलन गरिन्छ । कुटसङ्कलन गर्नका लागि कुटप्रवाहको मौसम हुनुपर्दछ ।
नोट: मौरीगोलावृद्धि, वंशवृद्धि र महउत्पादन गर्ने उद्देश्यले तयार गरिएको गोलामा कुटपासो प्रयोग गर्न उपयुक्त मानिदैन ।
कुट भण्डारः जम्मा गरेको कुटलाई छहारीमा वा कोठाभित्र सुकाउनु पर्दछ ।
कुट सुख्खा भई सकेपछि प्लास्टिकको प्याकेट वा फुड ग्रेड भाँडोमा हावा नछिर्ने गरी प्याक गरेर सुख्खा, शीतल ठाउँमा राख्ने ।
नोटः कुटमा प्रशस्त प्रोटिन हुने हुँदा मानिसले यसलाई प्रोटिनको विकल्पमा प्रयोग गर्न सक्दछ ।
खोटो (प्रोपोलिस) र चोप
मौरीले रूखका बोक्रा, पालुवाहरूमा पाइने चोपलाई आफ्नो परागडेलीमा सड्कलन गरी ल्याउने अर्ध ठोस च्यापच्यापे पदार्थलाई मौरी खोटो भनिन्छ । मौरीले चर्केको घार, चाका मर्मत गर्न र चौकोसहरूलाई हल्लिन नदिन खोटो प्रयोग गर्दछन् । विशेषतः मेलिफेरा जातको मौरीले मौरी खोटोको वढी प्रयोग गरेको पाइन्छ ।
मौरीपालकले बढी चोपप्रवाह हुने बेलामा घारऔजारको सहायताबाट वा चोपपासो थापेर खोटो सङ्कलन गर्न सकिन्छ । खोटोमा प्रतिरोधात्मक (एन्टिबायोटिक) गुण भएकाले यसलाई मानिसहरूले औषधीको रूपमा प्रयोग गर्न सक्छन् ।
शाही खुराक
यो कर्मी मौरीको शिरमा भएको शिरग्रन्थिबाट रसाउने तरल पदार्थ हो । शाही खुराक पौष्टिक र शक्तिवर्धक हुन्छ । एक रानुकोषभित्र करिव २५० मि.ग्रा. मात्र शाही खुराक हुन्छ । मौरीपालकले शाही खुराक उत्पादन गर्नका लागि व्यावसायिक रूपमा मौरीपालन गर्नुका साथै प्राविधिक दक्षता हासिल गर्नुपर्ने हुन्छ ।
मौरीविष
कर्मी मौरीको पेटको अन्तिम खण्डमा विषग्रन्थिमा मौरीविष हुन्छ । मौरीले गोलाको रक्षाका लागि आफ्ना शत्रुमाथि खिलद्वारा विषको प्रयोग गर्दछन् । एउटा मौरीले आफ्नो जीवनकालमा करिब ०.५ मि ग्रा. विष सञ्चय गर्दछ । मानवजीवनमा मौरीविपको पनि ठूलो महत्व छ । मौरीविषलाई बाथ रोगको, नशासम्बन्धी रोगका लागि प्रयोग गर्ने गरिन्छ । हालका दिनमा आएर नेपालमा पनि मौरीलाई टोकाएर उपचार गर्ने पद्धति यदाकदा देखिन्छ ।
प्याकेज मौरीगोला उत्पादन
मौरीपालकले विक्री गर्न तथा आफ्नै प्रयोजनका लागि मौरीखर्कमा एउटा रानुसँग एक के.जी. तौल बराबरको (५ फ्रेम) कर्मी मौरीसहित तयार गरिने विउ गोला (न्युक्लियस) लाई प्याकेज मौरीगोला भनिन्छ ।
प्याकेज मौरीगोलामा कर्मी मौरी र फुल पार्ने रानु मौरी मात्र हुन्छ जसलाई प्याकेज मौरी पिंजडाभित्र राखेर सजिलैसित टाढा ओसार्न सकिन्छ ।
उत्पादन गर्ने तरिका
- बिक्री वितरणको लागि बलियो गोलाको केही छाउरा चाकाहरू झिकेर पिंजडाभित्र मौरीहरू झारिन्छ ।
- प्याकेज पिंजडाभित्र अन्दाजी पाँच फ्रेम (दशहजार जति) मौरी र फुल पार्ने रानु हुन्छ ,जसको तौ ल सरदर १ के.जी को हुन्छ ।
- प्याकेज पिंजडाको बिचमा चिनी चास्नी राख्ने ठाउँ पनि हुन्छ ।